काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।
उनले विभिन्न देशमा रहेका नेपाली नागरिकको सुरक्षा अवस्था थप संवेदनशील बनेको उल्लेख गर्दै सबै नेपालीलाई परिस्थितिबारे सचेत रहन र आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् । अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमै बस्न तथा स्थानीय सुरक्षा नियमहरूको पूर्ण पालना गर्न उनले अनुरोध गरेका छन् ।
सभापति थापाले नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिन र आवश्यक परे तत्काल सहायता तथा सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न पनि आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS