काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टी कार्यायल सानेपा पुगेका छन् ।
थापा राजीनामा अस्वीकृत भएपछि पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सभागी हुन केहीबेरअघि सानेपा पुगेका हुन् । आज दिउँसो साढे १ बजे कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।
थापाले चुनावी परिणामलाई लिएर सभापति पदबाट राजीनामा दिएका थिए । यद्यपि, पार्टीको बैठकले उनको राजीनामा अस्वीकृत गरेको थियो ।
आजको बैठकमा सभापति थापाले चुनाव र अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा बन्ने सरकारको विषयमा धारणा सार्वजनिक गर्ने तय भएको छ ।


FACEBOOK COMMENTS