काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बन्दसत्रमा सहभागी हुन आग्रह गरेका छन् । बन्दसत्रलाई सोमबार भृकुटीमण्डपमा सम्बोधन गर्दै गगनले यस्तो आग्रह गरेका हुन् ।
‘मैले हिजो पनि भनेँ, आज पनि भन्छु । पार्टीका सभापति, कार्यवाहक सभापतिलाई भन्छु– विधानसम्मत महाधिवेशन गर्दैछौँ आउनुस् भनेर अनुरोध गर्छु’, गगनले भने ।
विशेष महाधिवेशनमा देशभरबाट चासो दिनेको संख्या बढेको भन्दै थापाले जिल्लाका नेतालाई पनि काठमाडौं आउन अपिल गरे ।
‘बाहिर/भित्र, जिल्ला सबैतिरबाट नेताहरूले सम्पर्क गरिरहनुभएको छ । नेताहरूसँग अनुरोध गर्न चाहन्छौँ । जिल्लाको किल्ला भत्काउने बेला यही हो,’ थापाले भने, ‘आउनुस् कोशी, सुदूररपश्चिम, कर्णालीका नाममा चलेका गुटका किल्ला भत्काउने बेला यही हो ।
’विशेष महाधिवेशनको वैधानिकतामा कसैले पनि प्रश्न उठाउन नसक्ने भन्दै उनले विधानसम्मत अघि बढेको बताए । पछिल्ला केही वर्ष सत्तापक्ष र प्रतिपक्ष नहुने गरी विकृत बनाएपछि जनतामा असन्तुष्टि बढेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS