काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको बैठकपछि सभापति गगन थापालगायत नेताहरू निर्वाचन आयोग जाने भएका छन् ।
केन्द्रीय समितिको बैठक सुरु भएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बसेको छ ।
बैठकबाट विभिन्न निर्णय गरिनेछ । त्यसपछि आफूहरू आयोग जाने एक नेताले बताए ।
आयोगमा उनीहरूले पार्टीको नयाँ कार्यसमिति चयन भएको जानकारी गराउनेछन् ।
त्यहीअनुसार विवरण अध्यावधिकका निम्ति निवेदन दिइनेछ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार राति सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।

FACEBOOK COMMENTS