काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ मा बिहीबार मात्रै जाने भएका छन् ।
मंगलबार मधेस प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराएका सभापति थापा बिहीबार मात्रै निर्वाचन क्षेत्रमा जाने तयारीमा रहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
यसअघिका ३ निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेका थापा यो पटक मधेसमा पुगेर निर्वाचन लड्दै छन् ।
FACEBOOK COMMENTS