काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सानेपास्थित केन्द्रीय कार्यालय पुगेका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक पहिलो पटक नवनिर्वाचित सभापति र उपसभापतिसहित कार्यसमितिका सदस्यहरु केन्द्रीय कार्यालय पुगेका हुन् । उनीहरुलाई सयौं नेता कार्यकर्ताले नाराबाजी गर्दै पार्टी कार्यालयमा स्वागत गरेका थिए ।
आज सभापति गगन थापाले पार्टी कार्यालयमा कार्यभार सम्हालेपछि केन्द्रीय समितिको बैठक बस्न लागेको छ । आजको बैठकले काँग्रेसले आगामी चुनावमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिने तयारी गरेको छ ।
थापा यस पटक आफ्नो सिट काठमाडौँ–४ छोडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् ।


गत पुस ३० मा थापाको नेतृत्वमा कांग्रेसको नयाँ कार्यसमिति निर्वाचित भएको थियो । निर्वाचित भएपछि दुई वटा केन्द्रीय कार्यसमिति र संसदीय बोर्डको बैठक पार्टी प्यालेस र होटलमा बसेको थियो ।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सर्वोच्च अदालत गएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएपछि थापा नेतृत्वको कार्यसमिति पार्टी कार्यालय जाने बातावरण बनेको हो । यसअघि देउवा पक्षले गगन थापा नेतृत्वको काँग्रेसलाई पार्टी कार्यालय जान नदिने भन्दै रातभर सानेपामै बसेका थिए ।

कांग्रेस केन्द्रीय समिति बैठक सुरू
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएपछि सानेपामा पहिलोपटक बैठक बसेको हो ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगन थापा पहिलोपटक पार्टी कार्यालय पुगेका छन् । सभापति थापा सानेपा पुग्दा पक्षमा नाराबाजी भएको थियो ।
FACEBOOK COMMENTS