काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले गगन थापालाई पार्टी सभापति स्वीकारेर जानुको विकल्प नभएको बताएका छन्।
टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाको नेतृत्वमा एकताबद्ध पार्टी बनाउनुपर्ने बताए।
उनले भने, ‘उहाँलाई सभापति स्वीकारेर मिलाएर जानुबाहेक पार्टीको अर्को विकल्प छैन।
कांग्रेसभित्र धेरै उत्पीडित भएका छन्। यो ५ वर्षमा नहुनुपर्ने धेरै काम कांग्रेसमा भएको थियो। संस्थापन पक्षमा नलाग्नेलाई उत्पीडनमा राखिएको थियो।’
उनले टिकट वितरणमा समेत ठुलो चलखेल हुने गरेकाले अहिले यो परिस्थिति आएको बताए।

FACEBOOK COMMENTS