काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन् ।
पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले ११ हजार ३८३ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली काँग्रेसका सभापति गगन थापाले ६ हजार ९५२ मत प्राप्त गर्दै पछाएका छन् । अमरेशभन्दा गगन हाल ४४३१ मतले पछि रहेका छन् ।
त्यस्तै नेकपा एमालेका अम्निश कुमार यादवले १९६७ मत प्राप्त गरेका छन् भने जनमतका राकेश कुमार मिश्रले ८४० मत प्राप्त गरेका छन् ।
त्यस्तै सर्लाहीका अन्य तिनै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार अगाडी रहेका छन् ।

FACEBOOK COMMENTS