काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका छन्।
मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताएका हुन्।
झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि काठमाडौं आएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर बधाई तथा प्रधानमन्त्री बन्ने शभकामना व्यक्त गरेका थिए।
उनले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्नका लागि आएको बताए ।
महामन्त्री थापा पटक-पटक सांसद भइसकेको र मन्त्री भएर अनुभवपनि हासिल गरिसकेको भन्दै अब देशको आवश्यकतालाई बुझेर प्रधानमन्त्री पदको लागि नेतृत्व गर्नेगरी अगाडी बढ्नुपर्ने उनको भनाइ थियो।
यस्तै उनले पार्टीकाे सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै थापालाइ प्रधानमन्त्रीकालागि प्रस्ताव गरेकाे हेर्न मन भएकाे बताए ।
तर, सभापति देउवा भने गगन थापालाइ प्रधानमन्त्रीमा स्वीकार्न चाहादैँनन् । सर्वप्रथम त देउवाले उनैलाइ प्रधानमन्त्रीमा निरन्तरता दिन चाहान्छ ।
उनलाइ सभापतिमा जिताउन सहयाेग गर्ने नेता प्रकाशमान सिंहलाइ उनले प्रधानमन्त्रीकाे लालिपप देखाइसकेकाे पनि अपुष्ट हल्लाहरू सुनिन्छ । यदि दउवाले अाफु नबनेकाे अवस्थामा उनै सिंहलाइ प्रस्ताव गर्न सक्ने कांग्रेस निकट नेताहरूकाे भनाइ छ ।
तर, कांग्रेसकै एकथरी नेताहरूले भने देउवाले रामचन्द्र पाैडेललाइ प्रधानमन्त्रीका लागि अघि सार्ने अाकलन गरेका छन् ।
पछिल्लाे समय कांग्रेसबाट प्रधानमन्त्रीकाे दाबेदारी गर्ने नेताहरूकाे संख्या बढ्दै छ । रामचन्द्र पाैडेलदेखि गगन थापासम्मले प्रधानमन्त्रीकाे दाबेदार मै हुँ भन्दै हिडे्तापनि संसदिय दलकाे नेता चयन गर्दा कसकाे बहुमत पुग्छ भन्ने कुराले यस विषयकाे निर्णय गर्छ । उसाे त, कांग्रेसकाे संसदिय दलकाे नेता भएर मात्र पनि प्रधानमन्त्री बन्न सम्भव छैन् । किनभने कांग्रेसकाे एक्लाे बहुमत छैन ।
जसकालागी अन्य दलहरूसँग समिकरण गर्नुपर्ने हुन्छ ।
FACEBOOK COMMENTS