काठमाडौं । नारायणगढ– मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडी एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजे सातवटा गाडी एकपछि अर्को गर्दै ठोक्किएको थियो ।
चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आज बिहान मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९ नं। को ट्रक र नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ७४२० नं को बस ठक्कर खाएको थियो ।
त्यसपछि बसको पछाडि ना ७ ख ९६०७ नं। को टेलर, टेलरको पछाडी बा प्र ०६(००१ ग ०४८४ नं। को इभी माइक्रो र माइक्रोबसको पछाडि रहेको ग २ ख १६२६ नं को बस, ठोक्किएर थियो । सोही बसको पछाडी रहेको ना ३ च ३२५६ नं। को बलेरो र पछाडी ८४७० नं। को कार ठक्कर खाएर ठूलो दुर्घटना भएको हो ।
दुर्घटनामा सातवटा सवारीमा रहेका २१ जना घाइते भएकोमा प्रहरीले घाइतेह सबैको उद्दार गरि भरतपुर स्थित विभिन्न अस्पताल ल्याएको जनाइएको छ ।
घाइते मध्ये १३ जना नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जना जनता केयर अस्पताल ल्याइएको डिएसपी खनालले बताए । घटनाको अझ थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता खनालले जनाएका छन् ।
FACEBOOK COMMENTS