काठमाडौं । ‘कार्ल्सबर्ग गल्फ क्लासिक २०२५’ प्रतियोगिता कार्ल्सबर्गको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा सम्पन्न भएको छ।
एकदिवसीय गल्फ प्रतियोगितामा कुल १०० जना गल्फरहरूले सहभागिता जनाएका थिए।
प्रतियोगितामा फुन्टसोक एन लामाले उत्कृष्ट प्रदर्शन गर्दै ४२ अंकसहित उपाधि जितेका छन् । पुरस्कार स्वरूप डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरी भ्रमणको अवसर प्राप्त गरे।
४१ अंकसहित टाशी छिरिङले बेस्ट ग्रसको उपाधि जिते भने ४० अंकसहित नामग्याल टि लामाले रनरअप बने।
महिला तर्फ गीता गुरुङ २५ अंकसहित विजेता बनिन् भने सुस्मिता खड्का उपविजेता रहिन् । सिनियरतर्फ अर्जुन कुमार कार्की ३३ अंकसहित विजयी भए।
अन्य विशेष पुरस्कारहरूमा छेवाङ शेर्पाले ‘कोल्जेस्ट टु द पिन’, प्रकाश गुरुङले ‘लङ्गेस्ट ड्राइभ’ र फुन्टसोक नोर्बु लामाले ५ बर्डिज र १ इगलसहित ‘मोस्ट बर्डिज’ को उपाधि जितेका थिए।
विजेताहरूलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले ट्रफी तथा कार्ल्सबर्गको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरेका थिए।
यो प्रतियोगिता नेपाली गल्फ खेलको स्तरवृद्धि र अन्तर्राष्ट्रिय exposure का लागि प्रेरणादायी मानिएको छ।
FACEBOOK COMMENTS