काठमाडौं । फ्रेन्च च्याम्पियन पिएसजीले युइएफए सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न युइएफए सुपर कपको फाइनलमा पीएसजीले टोटनह्यामलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।
पिएसजीले पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले जित हासिल गरेको थियो ।
यस अघि पिएसजीले खेलमा शानदार कमब्याक गर्दै खेल २–२ गोलको बराबरी गरेको थियो । खेलमा २–० ले पछि परेको पीएसजीले खेलको ८५औ मिनेट र ९४औं मिनेटमा गोल गर्दै खेलमा कमब्याक गरेको थियो ।
पिएसजीका लागि ली कांग इन र गोन्कालो रामोसले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि मिकी भान डे भेन र क्रिस्टियन रोमेरोले एक एक गोल गरेका थिए ।
युइएफए सुपर लिग गत सिजनमा च्याम्पियन्स लिग र युरोपा लिग विजेता क्लबबीच खेल्ने गरिन्छ ।
यस अघि १९९६ मा उपविजेता बनेको पीएसजीले पहिलो पटक युइएफए सुपर कपको उपाधि जितेको छ ।
FACEBOOK COMMENTS