पोखरा कार्तिक १६, कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । एक महिलालाई जबरजस्ती मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा पोखरा -८ जाल्पा रोडमा सँगिना खाजा घरका सञ्चालन गरी बस्ने दुई पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी ०२ घर भई पोखरा – ८ जाल्पा रोड बस्ने २६ वर्षीय अर्जुन पन्त र गोरखा गण्डकी -७ घ्यालचोक घर भई पोखरा १४ चाउथे बस्ने २४ वर्षीय बिराज राना मगर रहेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास हमालले जानकारी दिनुभयो ।
उक्त होटलमा महिलाहरूलाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार राति ९ बजे पक्राउ गरेको डिएसपी हमालले उल्लेख गर्नुभयो ।
उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS