काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा दशक घोषणा गरेर ऊर्जा क्षेत्रको विशेष सुरक्षा नीति लिनुपर्ने बताएका छन् ।
आज बिहीबार काठमाडौं मा भएको प्रि–बजेट छलफल कार्यक्रममा उनले बजेट बनाउँदा अबको दश वर्षमा देशलाई कहाँ पुर्याउने भन्ने हिसाबले नीति लिनुपर्ने बताएका हुन् ।
आगामी दश वर्षलाई ऊर्जा दशक र ऊर्जा सङ्कटकाल घोषणा गरेर ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढ्नुपर्ने खाँचो रहेको पनि उनले बताएका छन् । नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि निजी क्षेत्रले प्रवेश पाउनुपर्ने उनको भनाइ छ ।
निजी क्षेत्रले प्रशारण लाइन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्नसक्ने भन्दै निजी क्षेत्रले आन्तरिक र अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न पाउनुपर्ने भनाइ अध्यक्ष कार्कीको छ । उनले निजी क्षेत्रले प्रसारण लाइन निर्माण र व्यापारको अवसर पाए विद्युतको विश्वसनीयता बढाउँदै चुहावट घटाउन पनि महत्वपूर्ण भुमिका खेल्नसक्ने दाबी गरेका छन् ।
उनले विगतका वर्षमा वर्षाको समयमा विद्युत् खेर गइरहेको भन्दै यो वर्ष अझ भयावह हुने देखिएको बताए । निजी क्षेत्रलाई प्रशारण लाइन निर्माण र व्यापारको अवसर दिने बजेटमा आए पनि कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्न आवश्यक रहेकोतर्फ जोड दिए ।
हाइड्रोलोजीको कारणले गर्दा भने जति विद्युत् उत्पादन नभएको भन्दै १० मेगावट मात्रै नभएर सबै उत्पादकहरुलाई पेनाल्टी छुट बजेटमार्फत दिन आवश्यक रहेको उनको भनाइ छ । प्राधिकरणले आरसी ओडीको समय दुई वर्ष थप गर्नुपर्ने माग उनले गरेका छन् ।
FACEBOOK COMMENTS