काठमाडौं । जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्थाबारे जानकारी दिन वीर अस्पतालले पत्रकार सम्मेलन गर्ने भएको छ ।
बिहान १० बजे उनको अवस्थाबारे जानकारी दिन लागिएको हो । उपचारमा संलग्न चिकित्सकहरूले उनको अवस्था अस्थिर रहेको बताउँदै आएका छन् ।
नेपालीलाई भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पताल लैजाने तयारी भए पनि स्वास्थ्य स्थिर नभएको कारण वीर अस्पतालमै उपचार गरिएको छ ।
वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहेका नेपालीको नेपालीको शरीर ५५ प्रतिशत जलन भएको जनाइएको छ ।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न रहेका छन् ।