काठमाडौं । गंगा दाहालले आफ्नो बुबा पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको जिम्मेवारी छोडेकी छन् । दाहालमे सोमबार आफुले प्रचण्डको सचिवालयबाट राजीनामा दिएको जानकारी दिएकी हुन् ।
दाहालले सचिवालय छोडेको जानकारी दिदै पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने बताएकी छन् ।
उनले भनेकी छन्– ’म, बुवा (नेकपा माओवादी केन्द्रका संयोजक कमरेड प्रचण्ड) को सचिवालयमा भाइ प्रकाश दाहालको देहवसान पछि मम्मी सीता दाहाल बिरामी हुनुभएको अवस्थामा जिम्मेवारी लिएर आए । मम्मीको हेरचाह पनि गर्नुपर्ने र भाइ प्रकाशले निभाउँदै आएको भुमिकामा रहेर अध्यक्षलाई सहयोग गर्न पार्टी नेताहरुको सल्लाहमा सचिवालयमा रहेर निस्वार्थ भावमा पार्टी आन्दोलन र बुवाको लागि आफुले सकेको सहयोगको कोशिस गरिरहे ।
यस दौरानमा सवैको भावना अनुसार काम गर्न सकिन होला त्यसका लागि आत्मआलोचित हुँदै यति चाही म गर्वका साथ भन्छु मैले आफ्ना लागि सोचेर कहिले पनि काम गरिन । सधै सहयोगीका रुपमा राम्रो गर्ने कोशिस गरिरहे। तर दुख लाग्छ, यो ठाउ नै त्यस्तै होकी जति राम्रो गर्छु भन्दा पनि, जति नै बिवादरहित भएर काम गर्छु भन्दा पनि बिवादमा त परिहालिने रहेछ ।’
दाहालले आफु र आफ्ना दिदीहरू र भाइलाई जनयुद्धको समयमा राज्य सत्ताले निरन्तर दु:ख दिएका कारण पढाइबाट वञ्चित भएरै पार्टीमा निरन्तर लागिरहेको उल्लेख गर्दै कुप्रचार र भ्रामक सूचना दिनेहरूले आफुलाई निरन्तर प्रहार गर्दै सञ्चार माध्यमको पनि चरम दुरुपयोग गरिरहेको समेत बताएकी छन् ।
FACEBOOK COMMENTS