काठमाडौं । नेता गङ्गानारायण श्रेष्ठ नेकपा (माओवादी केन्द्र) को सचिव बनेका छन् ।
उनी केन्द्रीय सहअध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा) आज सोमबार माओवादी केन्द्रसँग समाहित भएको छ । यससँगै बागमती प्रदेशका सांसदसमेत रहेका श्रेष्ठले माओवादी केन्द्रमा सचिवको जिम्मेवारी पाएका हुन् ।
नेसपाका अध्यक्ष महिन्द्र राय यादवले तत्काल माओवादी केन्द्रसँग एकता गर्न विभिन्न शर्त राखेपछि सहअध्यक्ष रहेका श्रेष्ठ बहुमत केन्द्रीय सदस्य लिएर माओवादीमा समाहित भएका हुन् ।
पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यो समायोजन नभएर पार्टी एकता नै भएको दाबी गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रशंसामा समय खर्चिएका श्रेष्ठले डा. बाबुराम भट्टराईलाई जनयुद्धबाट भाग्न नपाउने र जनयुद्धको जिम्मेवारी लिनुपर्ने चेतावनीसमेत दिए ।
FACEBOOK COMMENTS