काठमाडौँ । मुटु रोगसम्बन्धी डाक्टरहरूले निकै दुःख र मेहनतका साथ स्थापना गरेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पछिल्लो समय विभिन्न समस्याले झेलिएको छ ।
अस्पताललाई कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले तहस नहस बनाएका छन् । निर्देशक अधिकारीले बोर्डको निर्णय नमान्नेदेखि आफूखुसी ठेक्का लगाउनेसम्मका काम आफैँ गर्ने गरेका छन् । यती मात्र नभएर बिरामी कुर्नलाई राम्रो ठाउँसमेत दिन सकेका छैनन् ।
बिरामी कुरुवा अस्पताल भवनको पेटीमा सुत्न पर्ने अवस्था आएको छ । कतै अस्पतालको पार्टीमा कुर्नु पर्ने अवस्था आएको छ ।
नुवाकोटका मदनबहादुर सुनारले गुनासो पोख्दै थिए । अस्पताललाई सफा र सुविधाजनक बनाउन अस्पताल प्रशासनले केही नगरेको उनको गुनासो थियो ।
बिरामी कुरूवालाई अलपत्र पार्ने गरिएको मानबहादुरको सबैभन्दा ठुलो गुनासो थियो । “म बिरामी लिएर काठमाडौँका धेरै सरकारी अस्पतालमा बसेको छु। अधिकांशमा कुरुवाले सास्ती पाउने गरेका छन्,” उनले भने।
अर्को बिरामी कुरुवा राममाया कार्कीले भनिन्, ‘अस्पतालमा कुरुवा घर छ भन्ने सुनेको छु, तर देखेको छैन । अस्पतालको बाहिर भुईँमा सुत्नसमेत पहिलेदेखि नै ठाउँ ओगटेर बस्नुपर्छ ।’
त्यति मात्र नभई, सामान हराउने समस्यासमेत भएको उनको गुनासो छ । सामानबारे सोधी खोजी गर्दा अस्पतालका कर्मचारीले उल्टै गाली गर्ने गरेको उनी बताउँछिन् ।
अधिकारीसँग कर्पोरेट खबरले यस विषयमा सम्पर्क गर्न खोज्दा समर्पकमा आउन चाहेनन् । स्वास्थ्य मन्त्रालयको कुरा समेत सुन्न छाडेर उनी अराजकताको पराकाष्ठा बनेको अस्पताल स्रोत बताउँछ । उनको यो अराजक व्यवहारले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको भविष्य कता जाने हो भने र त्यहाँका डाक्टरहरु अहिले चिन्तित बनेका छन् ।
FACEBOOK COMMENTS