काठमाडौं । अझै दुई सातासम्म काठमाडौं उपत्यकाको फोहोर नउठ्ने भएको छ । नुवाकोटको सिसडोल फोहोर फाल्ने ल्यान्डफिल साइट पुग्ने सडकखण्ड बिग्रिएकाले फोहोर उठ्न नसकेको महानगरले जनाएको छ ।
समयमा नै फोहोर संकलन गर्न गाडी नआए पछि स्थानियहरुले सडकका किनारमा फोहोर फाल्न थालेका छन् । बिग्रेको सडक मर्मत गरेर नियमित फोहोर उठ्न कम्तीमा १५ दिन लाग्ने महानगरका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।यस वर्ष जेठयता नियमित फोहोर संकलनको व्यवस्थापन भइरहेको छैन । शंखमूल, बानेश्वर, सामाखुसी, ठमेललगायत काठमाडौंको मुख्य मुख्य स्थानमा फोहोरको डंगुर देखिएका छन् । पानी पर्ने मौसम र कोभिड–१९को संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा राजधानीको मुख्य सहरमा यसरी फोहोरको दुर्गन्ध जताततै फैलिरहेको छ ।
FACEBOOK COMMENTS