काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजालाई आज सरकारले शपथ ग्रहण गराउने भएको छ ।
उनलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे शपथ ग्रहण गराउने भएका छन् ।
म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् गर्बुजालाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका थिए ।
FACEBOOK COMMENTS