काठमाडौं । गरिमा विकास बैंककले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख २५ हजार ९ सय १० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको खरिद बिक्री मूल्य भने खुलाएको छैन् । सेयर किन्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिन (चैत ६ गते) भित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति कित्ता खरिद गर्ने हो सो कित्ता खुलाई आवश्यक कागजात सहित निवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS