काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् ।
शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा विकास बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने व्यवस्था विकास बैंकले मिलाएको हो ।
सम्झौता पश्चात गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुले उपलब्ध गराउने विभिन्न साम्रगी तथा सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकका ग्राहकहरुले यूएसएमा आधारित कोडिङ शैक्षिक संस्था कोडिङ्गलको अधिकृत साझेदार मेन्टरल्याब एडेक्सले प्रवाह गर्ने सेवामा अधिकतम ६०% सम्म छुट पाउने छन् । यसैगरी लगनखेलमा अवस्थित पेडल साइकल हाउसमा साइकल खरिदमा अधिकतम १५% र तिलोत्तमा–५ रुपन्देहीमा अवस्थित एनजी मार्केटका वस्तु तथा सेवाहरुमा अधिकतम १०% सम्म छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।
FACEBOOK COMMENTS