काठमाडाैं । गरिमा विकास बैंककाे १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले आज (मंसिर १६ गते)देखि ७ वर्षे ‘गरिमा डिबेन्चर २०८५’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो जसमा वार्षिक ८.७५ प्रतिशत ब्याज पाइने छ ।
निष्काशित ऋणपत्रमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ (जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको छ) भने बाँकी ६० करोड रुपैँया बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट बिक्री गरिने छ ।
गरिमा डिबेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गते सम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुष १ गते सम्म हुनेछ ।
बैंकको अनुसार लगानीकर्ताले न्यूनतम २५ कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS