काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फण्ड’ अन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब रूपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’ आगामी पुस ७ गतेबाट सार्वजनिक रूपमा निष्कासन हुने भएको छ ।
गरिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मल भट्टराईले उक्त मितिबाट योजना सार्वजनिक रूपमा निष्कासन गर्ने तय भएको जानकारी दिए ।
नेपाल धितोपत्र बोर्डको स्वीकृतिबमोजिम योजना सार्वजनिक रूपमा निष्कासन गर्न लागिएको हो ।
हेर्नुहोस् गरिमा समृद्धि योजनाबारेको संक्षिप्त जानकारी-
FACEBOOK COMMENTS