काठमाडौं । गरिमा क्यापिटल र नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिबीच व्यावसायिक साझेदारी सम्झौता भएको छ ।
सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
क्यापिटलले नेक्सजेन म्यानेजमेन्ट सोलुसनका ग्राहकलाई आवश्यकताअनुसार पुँजी बजारसँग सम्बन्धित सेवा उपलब्ध गराउनेछ । सम्झौताले हरेक नेपाली नागरिक तथा व्यवसायिक संस्थालाई पुँजी बजारमा सहज, सुरक्षित र भरपर्दो रूपमा सेवा प्राप्त गर्नमा सहयोग मिल्ने विश्वास बैंकको छ ।
नेक्सजेन म्यानेजमेन्ट सोलुसन कम्पनी रजिष्ट्रारबाट इजाजत प्राप्त कम्पनी हो । पूर्वबैंकरजस्ता विज्ञ व्यक्ति संलग्न कम्पनीले सम्पत्ति व्यवस्थापनलगायत व्यावसायिक परामर्शको काम गर्दै आएको छ । गरिमा क्यापिटल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।
FACEBOOK COMMENTS