काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजना को एक अर्ब रूपैयाँ बराबरको ‘गरिमा समृद्धि योजना’ को निष्कासन तथा बिक्री चार कार्यदिनमा नै सम्पन्न भएको छ ।
गरिमा समृद्धि योजनाको बीज पुँजीसहित प्रति इकाइ अंकित मूल्य १० रूपैयाँ दरका दस करोड इकाइहरू पुस७ गतेदेखि ११ गतेसम्मका लागि सार्वजनिक निष्कासन खुल्ला गरिएको थियो ।
उक्त अवधिभर रीतपूर्वक मागभन्दा बढी रकमका लागि आवेदन पर्न आएकाले सार्वजनिक निष्कासन तथा बिक्री कार्य पुस ११ गतेदेखि लागू हुने गरी बन्द गरिएको हो ।
निष्कासन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने सम्पूर्ण शुभेच्छुकहरू, लगानीकर्ता आवेदकहरू, सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, निष्कासन बैंक तथा सम्बन्धित सबै नियमन निकायहरूमा कम्पनीले धन्यवाद व्यक्त गरेका छन् ।
