काठमाडौं । गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरोशेयर खाता खोलेका ग्राहकहरूले आउँदो असार मसान्तभित्र वार्षिक शुल्क भुक्तानी गरी खाता नवीकरण गर्नुपर्ने भएको छ । सो अवधिभित्र शुल्क भुक्तानी नगर्ने हितग्राहीहरूको खाता उक्त शुल्क भुक्तानी नगरेसम्मका लागि फ्रीज गरिने कम्पनीले जनाएको छ ।
डिम्याट खाताको वार्षिक नवीकरण शुल्क एक सय र मेरोशेयर खाताको वार्षिक नवीकरण शुल्क ५० रुपैयाँ प्रतिखाता लाग्नेछ ।
साथै, गरिमा क्यापिटलले सञ्चालन गरेका योजनाअन्तर्गत ग्राहकहरूले एक हजार नौ सय ९९ रुपैयाँमा आजीवन, नौ सय ९९ रुपैयाँमा १० वर्षका लागि र चार सय ९९ रुपैयाँमा पाँच वर्षका लागि डिम्याट र मेरोशेयर खाता नवीकरण गर्न सक्नेछन् ।
ग्राहकहरूले यो सुविधा गरिमा क्यापिटलको काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालय वा गरिमा विकास बैंकका देशभर फैलिएका शाखा कार्यालयहरूवा गरिमा क्यापिटलको वेबसाइट धधध.नबचष्mबअबउष्तब.िअयm वा मोवाइल वालेट ई–सेवा, खल्ती, आईएमई पे, प्रभु पे, कनेक्ट आईपीएस जस्ता विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।
सीडीएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनअनुसार वार्षिक शुल्क नवीकरण नगर्ने हितग्राहीहरूको डिम्याट खाताका साथै मेरोशेयरसमेत सीडीएसीद्वारा रोक्का राख्ने गरिएको छ ।
‘गज्जबको सुविधा’ को म्याद
साथै, गरिमा क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवा (पीएमएस) अन्तर्गत वार्षिक व्यवस्थापन शुल्क (एएमएफ) निःशुल्क गरिएको एवम् कार्यसम्पादन शुल्क (पीएफ ) १० प्रतिशत मात्र कायम गरिएको ‘गज्जबको सुविधा’ असार मसान्तसम्मका लागि मात्र लागू गरिने कम्पनीले जानकारी दिएको छ ।
गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटलले लगानी व्यवस्थापन सेवा (पीएमएस), निक्षेप सदस्य सेवा (डिम्याट) तथा मेरोशेयर खातासम्बन्धी सेवा, सामूहिक लगानी कोषको योजना व्यवस्थापक र प्रत्याभूति सेवा प्रवाह गर्दै आएको छ । गरिमा क्यापिटलका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्याउनका लागि गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट समेत सहजीकरण हुँदै आएको छ ।
FACEBOOK COMMENTS