काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धन तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजनाको रूपमा एक अर्ब बराबर रूपैयाँको ‘गरिमा समृद्धि योजना’ सार्वजनिक रूपमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।
बोर्डले बुधबार स्वीकृति प्रदान गरेको हो । बोर्डको स्वीकृतिअनुसार अब छिट्टै नै सार्वजनिक रूपमा निष्काशन हुन लागेको गरिमा समृद्घि योजनाको संक्षिप्त जानकारी तालिकामा हेरौं :
गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा (डिम्याट तथा मेरोशेयर खातासम्बन्धी० प्रवाह गर्दै आएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहकसमक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट समेत सहजीकरण हुँदै आएको छ ।
FACEBOOK COMMENTS