काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको गरिमा म्युचुअल फण्डअन्तर्गत ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाका इकाइहरूको बाँडफाँट सम्पन्न भएको छ ।
बीज पुँजीसहित अंकित मूल्य १० रूपैयाँ दरका १० करोड इकाइहरू माघ ७ गतेदेखि११ गतेसम्म सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएका थियो । उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४,६८१ जना आवेदकहरूमार्फत १२,१८,७८,५१० इकाइका लागि आवेदन परेकामा निष्कासन गरिएको इकाइभन्दा अधिक इकाइका लागि आवेदन परेको थियो ।
विद्यमान सामूहिक लगानी कोष निर्देशिका, २०६९ मा भएको व्यवस्थाबमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्मको इकाइ बाँडफाँट गर्न सकिने हुँदा सोअनुसार बाँडफाँट गरिएको हो । इकाइ खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को अधीनमा रही पुस १८ गते बिहीबार बाँडफाट गरिएको हो ।
निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाइ बाँडफाँट गरी बीज पुँजीसहित योजनाको आकार एक अर्ब २५ करोड रूपैयाँ अर्थात् १२ करोड ५० लाख इकाइ कायम गरिएको छ ।
FACEBOOK COMMENTS