काठमाडाैं । गरिमा विकास बैंकले नयाँ वर्ष २०८० सालको क्यालेण्डर र आफ्नो नयाँ वेबसाइट सार्वजनिक गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा क्यालेण्डरको विमोचन गरेका छन्।
बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको जनाएको छ ।
सोहि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले स्तरोन्नती गरि ग्राहकमैत्रि बनाईएको बैंकको नयाँ वेवसाईटको समेत शुभारंभ गरेका छन् ।
गरिमा विकास बैंकले नेपालभर आफ्नो १२१ शाखा कार्यालय र ४९ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS