काठमाडाैं । गरिमा क्यापिटल लिमिटेडले नेपालीहरूको महान चाड बडादसैं, दीपावली तथा छठ पर्वका उपलक्ष्यमा ‘बम्पर दसैं-तिहार अफर’ सञ्चालनमा ल्याएको छ । असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने गरी यो अफर ल्याएको हो ।
यो योजनाअन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरो शेयर खाता खोल्दा लक्की ड्रमार्फत भाग्यशाली ३ जना ग्राहकले स्मार्ट वाच जित्न सक्नेछन् । यसका लागि सो अवधिसम्म गरिमा क्यापिटलमा नयाँ डिम्याट र मेरो शेयर खाता खोल्नुपर्नेछ ।
ग्राहकले यो अफरअन्तर्गत खाता खोल्न काठमाडौंको कमलपोखरीस्थित गरिमा क्यापिटल केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरू र गरिमा क्यापिटल लिमिटेडको वेबसाइटमार्फत बिनाझन्झट घरमै बसी खाता खोल्न सक्नेछन् ।
यो योजनाअन्तर्गत https://ckyc.cdsc.com.np/login लिंकमा गई सिधै अनलाइन डिम्याट र मेरोशेयर खाता खोल्न सकिनेछ ।
FACEBOOK COMMENTS