 
			                  			              
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने ग्यास खरिद गर्दा अनिवार्य रूपमा बिल लिन र बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ ।
आज मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले बजारमा सरकारले तोकेको भन्दा बढी मूल्य लिएर ग्यास किनबेच भइरहेको गुनासो तथा सामाचारहरू आइरहेको भन्दै बढी मूल्य नतिर्न र ग्यास किन्दा बिल अनिवार्य लिन अनुरोध गरेको हो ।
‘हाल बजारमा नेपाल सरकार तथा नेपाल आयल निगम लि. ले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार विक्री नभई बढी मूल्य लिई ग्यास विक्री वितरण भैरहेको भन्ने समाचार तथा जनगुनासो आएकोमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघले विज्ञप्तिमा भनेको छ, ‘नेपाल आयल निगम लिद्वारा सबै क्षेत्रको लागि कायम गरिएको ग्यासको उपभोक्ता मूल्य प्रतिसिलिण्डर (१४.२ के.जि. को) रू. १,८९५/– (अक्षरूपी एक हजार आठ सय पन्चानब्बे ) मात्र तिरी ग्यास खरिद गर्न र अनिवार्य विल लिन आम उपभोक्ताहरूमा अनुरोध गरिन्छ ।’
निर्धारित मूल्य भन्दा बढी मूल्य लिई ग्यास विक्री वितरण गर्नु गैरकानूनी हुने हुँदा त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा संघले अनुरोध गरेको छ ।
कानुनविपरीत गैरकानूनी तवरबाट ग्यास बिक्री गरेको पाइए संघ तथा सम्बन्धित सरोकारवाला निकायहरूमा तत्काल जानकारी गराउन समेत अनुरोध गरिएको छ ।



आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

 
              
              
              
              		              
FACEBOOK COMMENTS