काठमाडौं । धादिङमा ग्यास सिलिन्डर पड्किँदा एक महिला घाइते भएकी छिन् ।
ज्वालामुखी गाउँपालिका ६ सुनखानीकी ४२ वर्षीया यशोदा आचार्य घाइते भएकी हुन् ।
आफ्नै घरको भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी भएको हुँदा ग्यास पड्किएको थियो। त्यसक्रममा घाइते भएकी यशोदालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।
त्यहाँ सामान्य उपचारपछि बेलुकी पौने ९ बजेतिर थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनको शरीरको अगाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
उनी बोल्न सक्ने अवस्थामै रहेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS