काठमाडौं । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले जितेतमा भावी प्रधानमन्त्री को हुने भन्नेमा अन्योल छ । यद्यपि, सो गठबन्धनले जितेमा कांग्रेस सभापति शेरबहादुर देउवा नै पुनः प्रधामन्त्री हुने अनुमान गरिएको छ । तर, सो गठबन्धनमा भावी प्रधानमन्त्रीका लागि पाँच जनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन् ।
उता एमाले नेतृत्वमा रहेको गठबन्धनले चुनावमा बहुमत ल्याएमा भने एमालेका अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निश्चित छ । एमालेले ‘मंसिर ४, ओली सरकार’ भन्दै आफूहरूले जितेमा ओली नै पाँच वर्षका लागि प्रधानमन्त्री हुने भन्दै सोहीअनुसार प्रचारप्रसारलाई देशव्यापी बनाइरहेको छ ।
आगामी ४ मंसिरमा हुने आमनिर्वाचनपछि को प्रधानमन्त्री बन्ला भन्ने सर्वत्र जिज्ञासा बढिरहेको अवस्थामा सत्तारूढ गठबन्धनले भने प्रधानमन्त्रीको निर्विकल्प उम्मेदवार छान्न सकेको छैन । सत्तारूढ दलभित्रै प्रधानमन्त्रीका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, पुर्व महामन्त्री शशांक कोइराला, कांग्रेस नेता शेखर कोइराला प्रधानमन्त्रीको दाबेदारका रूपमा देखिएका छन् । यस्तै, गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावपछिको प्रधानमन्त्रीको दाबेदारका रूपमा रहेकाे आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS