काठमाडौं । नेकपा एकीकृत समाजवादीले अहिलेको सत्ता गठबन्धनलाई आगामी दिनका लागि समेत निरन्तरता दिने निर्णय गरेको छ ।
चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले परिणाम सोचे जस्तो नआए पनि गठबन्धनलाई भोलिका दिनमा पनि कायम राखेर जाने निर्णय गरेको हो ।
चुनावी परिणाम आउन बाँकी रहेकाले विस्तृत समीक्षा भने पछि गर्ने जनाइएकाे छ । त्यस्तै सरकार गठन पनि सबै नजिता आएपछि मात्रै छलफल हुने निर्णय मंगलबारकाे बैठकले गरेकाे छ ।
FACEBOOK COMMENTS