काठमाडौं । पछिल्लो समय गठबन्धनभित्र दरारता पैदा भएको छ । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री र राष्ट्रपति मध्ये एक पद आँफुलाई चाहिने दावी र दुवै पद कांग्रेसले लिने कांग्रेसकाे हठले गर्दा गठबन्धनमा नै दरारता सृजना भएको छ । जसको प्रत्यक्ष असर सरकार निर्माणमा पर्ने निश्चित छ ।
चुनावअघि राष्ट्रपटत पद माओवादीलाई र प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा नै रहनेगरी गठबन्धनबीच सहमति भएको थियो । चुनाव सकिएपछि पनि सो सहमति अनुसार दलहरु अघि बढ्ने तयारी गरेका थिए । तर, पछिल्लो साताभित्रै प्रधानमनमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले उक्त सहमति विपरितको कदम चाल्ने देखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सशंकित बनेका हुन् ।
पछिल्लो समय प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले लिन खोजेपछि गठबन्धनमा दरारता आएको माओवादीका एक केन्द्रिय नेताले कर्पाेरेट खबरलाई बताए । उनले प्रधानमन्त्रीलाई विदेशी शक्तिको इसारामा माओवादीलाई गठबन्धनबाट अलग्याउन खोजेको आरोप समेत लगाए । उनले भने, ‘प्रधानमन्त्रीज्यू एक्कासी चेन्ज हुनुभयो । उहाँ विदेशी शक्तिको इसारामा माओवादीलाई पन्छ्याएर अघि बढ्न थाल्नु भयो ।’
तर, यता कांग्रेसका नेताहरु भने प्रचण्डको दोहोरो चरित्रका कारण गठबन्धन धरापमा परेको बताउँछन् । प्रचण्डले एक पद नपाए एमालेसँग गठबन्धन गरेर सरकार बनाउने धम्की समेत कांग्रेसलाई दिएपछि देउवाले अर्काे गठबन्धन बनाउने मनसायमा लागेको कांगेसका एक नेताले बताए । उनले भने, ‘प्रचण्डजीले धेरै बाग्रेनिङ गर्न थाल्नु भयो । कांग्रेसबिना नै सरकार बनाएर देखाउछु भन्दै हिड्नु हुन्छ । त्यसरी कसरी गठबन्धन टिक्न सक्छ ।’
उसो त प्रचण्डले आँफुहरुले दुइ मध्ये एक पद नपाए नेकपा एमालेसँग नयाँ गठबन्धन नबनाउलान भन्न सकिन्दैन । उनले एमालेका केही नेताहरुसँग सरकार गठनबारे छलफल समेत गर्न थालेको एमालेका केन्द्रिय स्थरका एक नेताले बनाएका छन् । तर, देउवाले प्रधानमन्त्रीमा आँफु रहिरहने र राष्ट्रपति पनि कांग्रेसले लिने नत्रभए गैरराजनैतिक व्यक्तिलाई दिने भएपछि माओवादीले यो गठबन्धनको विकल्प खोजेको प्रचण्ड निकट एक नेताको भनाई छ । उनका अनुसार देउवा भित्रभित्रै गैर बामपन्थी गठबन्धनको सरकार बनाउने तयारीमा लागेका छन् ।
गैरबाम सरकार बनाउन देउवालाई फलामको चिउरा चपाए सरह हुनेछ । गैरबाम सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी आवद्ध हुन्छ कि हुँदैन भन्ने मुख्य कुराे हाे । यस पटक रास्वपा सरकारमा जानु हुँदैन भन्ने आम जनमानसको चाहना हो । उसले प्रतिपक्षमा रहेर चरनात्मक भुमिका खेल्दा राम्रो हुने विश्लेषकहरु बताउँछन् । तर, उता रास्वपाका सभापति रवि लामिछाले कांग्रेस महामन्त्री गगन थापा प्रधानमन्त्री भएमा सरकारमा जाने मनसाय व्यक्त गरेका छन् । नत्र, उनीपनि सरकारमा जान इच्छएका छैनन् । रास्वपा सरकारमा सामेल नभएको खण्डमा गैरबाम सरकार नबन्ने निश्चित छ ।
नेकपा (एकिकृत समाजवादी) पहिलै देखि असन्तुष्टि:
चुनावको नतिजालाई लिएर नेकपा(एकिकृत समाजवादी)ले गठबन्धनप्रति असन्तुष्टि जनाइरहेको छ । एसका अध्यक्ष माधव कुमार नेपालले त चुनाव अघिपनि बेला-बेला गठबन्धनको विरुद्धमा अभिव्यक्ति दिँदै आएका थिए । एसले प्रचण्डलाई भड्काएर कांग्रेसलाई साइजमा ल्याउने रणनितिमा पहिलैदेखि लागेको थियो । तर, प्रचण्डले कांग्रेस र एसलाई सन्तुलन गरेर अघि बढाइरहेका थिए ।
याे पनि:
प्रचण्डलाई देउवा र ओलीकाे फाेन: राष्ट्रपति माओवादीलाई, प्रधानमन्त्रीमा देउवालाई निरन्तरता
FACEBOOK COMMENTS