काठमाडौं । सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् ।
आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाउने प्रयासमा दलहरू छन् ।
यसअघि मङ्गलवार साँझ बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम दलहरूलाई आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो ।
हिजोको बैठकमा मन्त्रालय बाँडफाँटमा पनि छलफल भएको थियो ।
तर कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति जुट्न सकेन ।
१६ मन्त्रालय भागबन्डा लगाउँदा कांग्रेसले नौ नछाड्ने हो भने बाँकी सात मन्त्रालय अरु दललाई भाग लगाउनुपर्ने हुन्छ ।
त्यसमा जसपा र एकीकृत समाजवादीले मागे अनुसार तीन तीनवटै मन्त्रालय छुट्याउदा बाँकी १ मन्त्रालयमात्रै बाँकी रहन्छ ।
यस्तोमा लोसपा, नागरिक उन्मुक्ती र रास्वपालाई मन्त्रलाय सङ्ख्या नै पुग्दैन । त्यसैले कांग्रेस, जसपा र नेकपा एसले आफ्नो दाबी घटाउनुपर्ने हुन्छ ।
यसैबीच माओवादीले पाएका केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको छ ।
FACEBOOK COMMENTS