‘गौंथली’को कमाइ साढे १९ करोड नाघ्यो
कर्पोरट खबर
3:29 pm, आइतबार, साउन २४, २०८३
नेपाली फिल्म ‘गौंथली’ले बक्स अफिसमा आक्रामक कमाइलाई निरन्तरता दिएको छ। आइतबार दिउँसोसम्म फिल्मले १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
फिल्मको नेट कलेक्सन १७ करोड रुपैयाँ पुगेको निर्माण पक्षले जनाएको छ। २ करोड ७५ लाख रुपैयाँ लगानीमा बनेको फिल्मलाई हालसम्म ७ लाखभन्दा बढी दर्शकले हेरेका छन्।
‘गौंथली’ले ‘जारी’, ‘छक्कापञ्जा ४’ र ‘परान’को कमाइलाई उछिनिसकेको छ। अब यो ‘१२ गाउँ’को १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाइलाई उछिन्ने क्रममा छ।
विदेशमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको निर्माता सुमन गिरीले बताएका छन्।
उनका अनुसार अमेरिकामा २ लाख डलर, अस्ट्रेलियामा १ लाख डलर र दुबईमा ५० हजार दिरामभन्दा बढी कमाइ गरेको छ। क्यानडामा भने फिल्म अर्को सातादेखि प्रदर्शनमा आउनेछ।