काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दुई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
उद्योगमा गौरी कुमारी यादव र श्रममा रामजी यादवलाई नियुक्त गर्न लागेका हुन् ।
पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए।
उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए। यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन्।
नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

शपथ ग्रहणलगत्तै उनीहरूले आ-आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन्।
