ग्यास आपूर्ति सहज बनाउन नसकेपछि उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा
कर्पोरट खबर
1:51 pm, बिहीबार, भदौ २५, २०८३
- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएकी छन्।
- यादवले ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन्, तर राजीनामाको कारण खुलाइएको छैन।
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन् ।
यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।
यादवले बिहीबार ग्यास उद्योगीलाई पाता कस्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।
मन्त्री यादवको राजीनामाको कारण भने खुलाइएको छैन ।