काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तेईयोंगले भेटवार्ता गरेका छन् ।
भेटका क्रममा राजदूत पार्क ताएयङले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटमा न्याय प्रणालीलाई थप सहज र प्रभावकारी बनाउन डिजिटल रूपान्तरणका कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल भएको छ। यसका साथै नेपाल र कोरिया बीचको कानुनी तथा न्यायिक क्षेत्रमा सहकार्य विस्तार गर्दै विधिको शासन सुदृढ बनाउन दुवै पक्ष सहमत भएका छन्।
मन्त्री गौतम र राजदूतबीच सुशासन प्रवर्द्धन, न्यायमा पहुँच विस्तार तथा प्राविधिक सहयोग आदानप्रदानका विषयमा पनि सार्थक छलफल भएको जनाइएको छ। साथै, कोरियाली पक्षलाई आवश्यक पर्ने विषयमा नेपाल सधैं सहकार्यका लागि खुला रहेको सन्देश समेत दिइएको छ।