काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले स्वामित्व ग्रहण गरेर निर्माण गर्ने भएको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले धुर्मुस-सुन्तली फाउन्डेसने निर्माण गरेको रंगशाला सरकारले नै निर्माण गर्ने निर्णय गरेको हो । उक्त रंगशाला खर्च अभावमा निर्माण कार्य रोकिएको थियो । रंगशालाको सबै स्वामित्व ग्रहण गरेर सरकारले बनाउने निर्णय भएको एक मन्त्रीले बताए ।
धुर्मुस-सुन्तली फाउन्डेशनले १७ करोड बढी खर्च भएको भन्दै त्यसको स्वामित्व लिएर निर्माण अघि बढाउन सरकारलाई आग्रह गरिरहेको थियो।
FACEBOOK COMMENTS