काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगेर फरार रहेका गीतेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।
आज न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राईको राहदानी रद्द गर्न आदेश दिएको हो । राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको जनाइएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अदालतमा मुद्दा विचाराधीन छ ।
मुद्दा प्रक्रियामा सहभागी नभइराखेको अवस्था छ । विदेशमा रहेको भन्ने जानकारीका आधारमा राहदानी रद्द गरी लिन सकिन्छ भन्ने उद्देश्यले अदालतले राहदानी रद्द गर्न अनुमति दिएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले बताए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जीबीलाई विदेशबाट पक्राउ गरेर नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै जिल्ला अदालतमा निवेदन दिएको थियो ।
FACEBOOK COMMENTS