काठमाडौं । चिनियाँ ईभी ब्रान्ड जिली ईएक्स ५ र जेवाई एयरका गाडीहरु आज राजधानीको भृकुटिमण्डपमा सुरु भएको नाडा अटो शोमा सार्वजनिक गरेको छ ।
नाडामा जेली ईएक्स ५ म्याक्स र प्रो तथा जेवाई एयर अल्ट्रा र लाइट अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन् । ड्रिम स्मार्ट चीनको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले नेपालमा जिली ईएक्स ५ भित्र्याएको हो । यस्तै एलआरआर मोटर्स जेवाई अटो ग्रुप नेपालका लागि आधिकारिक आयातकर्ता हो ।
यस वर्षको नाडा अटो शोमा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ । ग्राहकहरूले आकर्षक जिली ईएक्स ५ म्याक्सको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको वास्तविक मूल्य भन्दा ३ लाख कम हो । त्यस्तै, स्टाइलिश जिली ईएक्स प्रोको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसको वास्तविक मूल्य ५८ लाख हो ।
त्यसैगरी, जेवाई एयरका प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याएको छ । सुरुमा ६८ लाख रुपैयाँ मूल्य रहेको जेवाई एयर अल्ट्राको मूल्य अहिले ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै सुरुमा ५४ लाख मूल्य भएको जेवाई एयर लाइटको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
यी विशेष अफरहरूसँगै एलआरआर मोटर्सले स्टाइल फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्ताहरूमाझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको जनाएको छ । जिली ईएक्स ५ र जेवाई एयर दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ ।
२ लाखको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्यका साथै आईफोन १६ प्रो म्याक्स वा एक तोला सुन वा १ लाख ८० हजार रुपैयाँसम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नेतर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीको विश्वास लिएको जनाएको छ ।
FACEBOOK COMMENTS