काठमाडौँ भ्रष्टाचारको विरोधमा जेन–जीले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा परिषद्को बैठक बोलाइएको हो ।सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् ।
प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । प्रदर्शनकारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा समेत छिरेर प्रदर्शन गरेका छन् ।
FACEBOOK COMMENTS