काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले ‘जेन जी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान लिन सुरू गरेको छ ।
विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले फिल्डमा खटिएका प्रहरीलाई बयानका निम्ति पत्राचार गरेको छ ।
गत भदौ २३ गते जेन जी प्रदर्शनका क्रममा काठमाडौंमा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट गत भदौ २४ गते प्रदर्शनकारीले संसद् भवन, सिंहदबारमा आगजनी गरेका थिए । प्रहरी कार्यालयमा पनि आगजनी गरिएको थियो ।
त्यसक्रममा तीन प्रहरीको समेत ज्यान गएको थियो । प्रदर्शनका कारण केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेको थियो । प्रदर्शनपछिको अन्तरिम सरकारले घटनाबारे जाँचबुझ गर्न आयोग बनाएको हो ।
हिजो बुधबार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान लिएको थियो । फिल्डमा खटिएका अधिकृतलाई बिहीबार बयान दिन बोलाइएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

FACEBOOK COMMENTS