काठमाडौँ । सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेन्जी पुस्ताले सोमबार प्रदर्शन गर्दैछन् ।
बढिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेनजी पुस्ताले काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेसँगै मेडिकल व्याव्सायी दुर्गा प्रसाईले पनि सो प्रदर्शनमा सहभागी हुने घोषणा गरेका छन् ।
दुर्गा प्रसाईले सामाजिक सञ्जालमा लेख्दै आफु आन्दोलनमा सहभागी हुने र चैत्र १५ गते जस्तो दमन नहोस् भनेका छन् । उनले भनेका छन् ।
भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाई दिदीबहिनी हरुलाई धन्यबाद छ यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफै सरिक हुनेछु, गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस । ३ वर्षअघि हामीले उठाएको आवाजलाई आज फेसबुक, टिकटकदेखि सम्पूर्ण सञ्चार जगतले पुन: दोहोर्याएको छ, धन्यवाद सबैलाई
प्रसाईले ढिलो भए पनि नेपाली दाजुभाई दिदी बहिनीहरुको चेत खुलेको भन्दै भ्रष्टाचारविरुद्ध सबै मिलेर, एकजुट भएर अगाडि बढ्ने संकल्प गर्न आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS