काठमाडौं । विघटित संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
काठमाडौं विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू विपना शर्मा र आयुष बडालले प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गरेका हुन् ।
रिटमा जेन जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको वैधानिकतामाथि प्रश्न उठाइएको छ ।
रिट निवेदनकर्ताहरूले प्रधानमन्त्रीमा कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै प्रधानमन्त्री र सरकारबाट भएका निर्णय बदर गर्न तथा कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।
FACEBOOK COMMENTS