काठमाडौं । सर्वत्र आलोचना भएपछि सरकारले जेन–जी आन्दोलनका घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।
राजीनामाको अन्तिम संघारमा उभिएको वर्तमान सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्नका लागि आन्तरिक छलफल गरिरहेको बताइएको छ ।
सो छलफलपछि सकेसम्म आजै वा भोलिसम्म प्रतिवेदन सार्वजनिक गरेर सरकारबाट विदा हुने तयारी छन् ।
फागुन २१ गतेको निर्वाचनबाट प्राप्त जनादेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले आगामी १३ गते शुक्रबार प्रधानमन्त्रीको सपथ लिने तयारी छ ।
त्यसअघि नै प्रतिवेदन सार्वजनिक गरेर विदा हुने तयारीमा सुशीला सरकार छ ।

FACEBOOK COMMENTS