काठमाडौं । आज नोभेम्बर २५ अर्थात् लैङ्गिक हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ आजदेखि नेपालमा पनि ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ सुरू गरिएको छ ।
यसैबीच दुई करोड भन्दा धेरै श्रमिकहरूको प्रतिनिधित्व गर्ने विश्वव्यापी संघ यूएनआई ग्लोबल युनियनको नेपाल च्याप्टर यूएनआई नेपाल सम्पर्क परिषद्ले काठमाडौंमा सचेतना र्याली निकालेको छ । भद्रकालीमा भेला भएर विभिन्न प्ले–कार्डहरू र ब्यानरसहित निकालिएको र्याली रत्नपार्कस्थित शान्ति बाटिकामा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष समेत रहेकी यूएनआई नेपालकी उपाध्यक्ष तथा महिला समितिकी अध्यक्ष भगवती खड्का, नेपाल उद्योग वाणिज्य संघ काठमाडौंकी सचिव एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महरा, युनिमीका अध्यक्ष गोविन्द धिताल, युएनआई महिला समितिकी सचिव रोजिला कार्की र युएनआईका को–अर्डिनेटर आलोक मल्ल तथा विभिन्न ट्रेड युनियनका नेताहरूले सम्बोधन गरेका थिए ।
उनीहरूले घर, परिवार, समाज र कार्यस्थलमा हुने विभेद र लैङ्गिक हिंसालाई अन्त्य गर्न सबै आ–आफ्नो ठाउँबाट जागरुक बन्नुपर्ने बताएका छन् । समाजमा रहेका सबैखाले हिंसा र विभेदको अन्त्य गर्न अभियानको अबधिमा मात्र नभई वर्षभरि नै कार्यक्रमहरू गर्नुपर्ने धारणा उनीहरूले व्यक्त गरेका छन् ।
कसले के भने ? हेर्नुहोस् भिडिओमा–
यो पनि पढ्नुहोस्–
लैङ्गिक हिंसाविरुद्ध यूएनआई नेपालले निकाल्यो सचेतना र्याली (भिडिओ/तस्वीरहरू)
FACEBOOK COMMENTS